Thakali Thali Set
The quintessential experience. Served with your choice of Steam Rice, Fapar Dhindo, or Roti, accompanied by organic Mustang dal and authentic chutneys.
From Rs. 550माटोदेखि थालसम्म · Thakali kitchen in Boudha
थकाली भाषामा 'लिम्पा' अर्थात् अत्यन्तै मिठो। यो मिठास हिमालको हावापानी र नथाक्ने हातहरूको गहिरो समर्पण हो।
हाम्रो थालीमा सजिने खानाको मिठास हिमालको हावापानीमा मात्र सीमित छैन। यो त खेतदेखि टेबलसम्म नथाकी खट्ने ती तमाम हातहरूको जादु हो।
मुस्ताङको रुखो माटोमा पसिना बगाउँदै फापर र आलु फलाउने हात। हिउँ र चिसो सिरेटोको पर्वाह नगरी भिरपखेरामा ज्यानको बाजी राखेर सुगन्धित जिम्बु टिप्ने किसानका ती खस्रा हातहरू।
आफ्नै पुर्ख्यौली सीप र माया मिसाएर गुन्द्रुक खाँद्ने र सुकाउने गाउँले आमाका हातहरू। अनि, विकट गाउँका ती अमूल्य स्वादलाई जतनसाथ सहरसम्म ल्याइपुर्याउने हातहरू।
भान्सामा अगेनामा ढिँडो मोल्ने, जिम्बुले कालो दाल झान्ने र मुहारमा न्यानो मुस्कानका साथ तपाईंको अगाडि स्वादिलो खाना पस्कने हाम्रा परिश्रमी सहकर्मीका हातहरू।
हाम्रो लोगोमा कोरिएको हात र त्यसले जतनसाथ समातेको 'गुन्द्रुक' ले ठ्याक्कै यही कथा बोल्छ। यो केवल एउटा चित्र होइन, ती सम्पूर्ण किसान, संकलक र हाम्रा भान्साका सहकर्मीहरूप्रतिको गहिरो सम्मान हो।
"Transforming simple ingredients into extraordinary 'Limpa'."
From our kitchen
The quintessential experience. Served with your choice of Steam Rice, Fapar Dhindo, or Roti, accompanied by organic Mustang dal and authentic chutneys.
From Rs. 550Mutton Sukuti Gravy Thali, Trout Gravy Thali, or the seasonal Fresh Asala Fish Thali — our premium plates.
From Rs. 900Beyond the thali: Pork and Local Chicken Mole Poleko, Banjara Chicken Tikka, and our Keshar Dudhmalai Cake to finish.
See the full menuWhat guests say
From 1,229 reviews on Google
Welcome to our table
Himalayan ingredients and heartfelt hospitality — come hungry, leave like family.