Limpa Thakali लिम्पा थकाली
५ वर्षको यात्रा, एउटा नयाँ सुरुवात

लेकाली भोज अब
लिम्पा थकाली

स्वाद उही, आत्मीयता उही, तर नाममा जोडिएको छ ती हजारौं हातहरुको सम्मान।

मिठासको वास्तविक स्रोत

हाम्रो थालीमा सजिने खानाको मिठास हिमालको हावापानीमा मात्र सीमित छैन। यो त खेतदेखि टेबलसम्म नथाकी खट्ने ती तमाम हातहरुको जादु हो।

किसानका हात

मुस्ताङको रुखो माटोमा पसिना बगाउँदै फापर र आलु फलाउने हात। हिउँ र चिसो सिरेटोको पर्वाह नगरी भिरपखेरामा ज्यानको बाजी राखेर सुगन्धित जिम्बु टिप्ने किसानका ती खस्रा हातहरु।

आमाका हात

आफ्नै पुर्ख्यौली सीप र माया मिसाएर गुन्द्रुक खाँद्ने र सुकाउने गाउँले आमाका हातहरु। अनि, विकट गाउँका ती अमूल्य स्वादलाई जतनसाथ शहरसम्म ल्याइपुर्याउने चालक र भरियाका हातहरु।

हाम्रो भान्साका हात

भान्सामा अगेनामा ढिँडो मोल्ने, जिम्बुले कालो दाल झान्ने र मुहारमा न्यानो मुस्कानका साथ तपाईंको अगाडि स्वादिलो खाना पस्कने हाम्रा परिश्रमी सहकर्मीका हातहरु।

हात र गुन्द्रुकको कथा

थकाली भाषामा लिम्पा भन्नाले अत्यन्तै मिठो भन्ने बुझिन्छ।

Limpa Meaning
गुन्द्रुक (पात) रैथाने र प्रामाणिक स्वादको प्रतीक
मिहिनेती हात किसानदेखि भान्सासम्मको समर्पण

हाम्रो नयाँ लोगोमा कोरिएको हात र त्यसले जतनसाथ समातेको 'गुन्द्रुक' ले ठ्याक्कै यही कथा बोल्छ। यो केवल एउटा चित्र होइन, ती सम्पूर्ण किसान, संकलक र हाम्रा भान्साका सहकर्मीहरुप्रतिको हाम्रो गहिरो सम्मान हो।

"साधारण सामग्रीलाई पनि स्वादिष्ट 'लिम्पा' मा परिणत गर्ने सीप र माया।"